Tuesday 17th of November | २०८३ मङ्सिर १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रारा जिप दुर्घटना अपडेट: थप एकको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३० सोमबार | (रासस)

मुगु, ३० कात्तिक: रारा जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी ललितपुर महानगरपालिका-१५ मा बस्ने ५४ वर्षीया अञ्जु थापाको आज काठमाडौँस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

    रारा जिप दुर्घटनामा अञ्जुको मृत्यु भएसँगै मृतकको सङ्ख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका जिप चालक ललितपुर-१५ का ५८ वर्षीय कञ्चन थापासहित अञ्जुलाई थप उपचारका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै काठमाडौँको बिएण्डबी अस्पतालमा पुर्‍याइएको थियो ।

    घाइते कञ्चनको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलमै मृत्यु भएका तीन जना काठमाडौँ कलङ्की बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापाको शवलाई मुगुबाट सेनाको हेलिकप्टरबाट सुर्खेत पुर्‍याइ सुर्खेतबाट शववाहन गाडीमार्फत काठमाडाैँ लगिएको छ ।

    काठमाडौँबाट रारा तालतर्फ आउँदै गरेको बागमती प्रदेशको बा१७च १८६४ नम्बरको हाइलक्स गाडी आइतबार  बेलुका मुगुको छायाँनाथ रारा नगरपालिका-७, टोप्लास्थित रारा जाने सडकको जिमाकाँरा भिरबाट ६०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan